दार्चुलाका दुई लघुवित्तमा तालाबन्दी

दार्चुलाका दुई लघुवित्तमा तालाबन्दी

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट युवा संगठन नेपालले दार्चुलाका दुई लघुवित्तमा तालाबन्दी गरेको छ । शैल्यशिखर नगरपालिका–९ स्थितका माइक्रो फाइनान्स र निर्धन लघु वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणमा तालाबन्दी गरिएको युवा संगठन नेपाल दार्चुलाका ईन्चार्ज जीवन विष्ट र संयोजक ओमप्रकाश रावलले विज्ञप्ती मार्फत जनाएका छन् ।
 
विज्ञप्तीमा चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैसीसमेत उठाएको उल्लेख गरिएको छ । यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ । दिउँसो बित्तिय संस्थामा लगाइएको ताला प्रहरीले तोडेको थियो ।

No description available.