पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी

पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी

धनगढी । २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । शनिबार बुटवलमा सुरु भएको गोल्डकपमा घरेलु टिम रुपन्देही–११ लाई ३–१ को गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ समेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम–११ का फाग्लुराम थारुको २ गोल गरेका थिए भने सौम्य हार्दिकले १ गोल गरेका थिए भने रुपन्देही–११ का फोडे फोफेनाले सान्त्वना गोल गरेका थिए । उनले इन्जुरी समयमा गोल फर्काएका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा सुरु भएको गोल्डकको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।  दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए ।