ए डिभिजन लिग: आज पाँचौँ चरणका अन्तिम तीन खेल

ए डिभिजन लिग: आज पाँचौँ चरणका अन्तिम तीन खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। पाँचौँ चरणका अन्तिम तीन खेलमध्ये एक च्यासल मैदान र दुई दशरथ रंगशालामा हुनेछ। 

च्यासल मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स आज दोस्रो जितको खोजीमा हुनेछ। यस्तै चार खेलबाट पाँच अंक जोडेको आर्मी पनि आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। 

यस्तै दिउँसो साढे २ बजे नै रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ । दशरथ रंगाशालामै अपराह्न साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।