डोटी जिल्ला कराँते महासंघको अध्यक्षमा कठायत

डोटी जिल्ला कराँते महासंघको अध्यक्षमा कठायत

धनगढी । डोटी जिल्ला कराँते महासंघको अध्यक्षमा लाल बहादुर कठायत चयन भएका छन् । शुक्रबार डोटी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख हर्क बहादुर बोगटीको रहोबरमा बसेको जिल्लाका खेलाडीहरुको आमभेलाबाट कठायत अध्यक्षमा चयन भएका हुन ।

समितिको उपाध्यक्षमा पुस्कर सुचिकार, रोशन कोली, सचिवमा पवन शाहु, कोषाध्यक्षमा मोहन बहादुर धामी चयन भएका छन् ।

समितिको सदस्यमा गोविन्द बहादुर बानिया, छत्र रावल, हेमराज धामी, सुस्मा मलासी, रोहित बिष्ट, लोक बहादुर नेपाली, किशोर कठायत, सन्तोष पार्की चयन भएको कार्यलय प्रमुख बोगटीले बताएका छन् ।

भेलाले लाल बहादुर  कठायत, पुस्कर सुचिकार, गोविन्द बानिया र सुस्मा मलासीलाई सुदूरपश्चिम प्रदेशको लागि सिफारिस गरेको जनाएको छ ।

No photo description available.