प्रतिवन्धित औषधि खुलेआम विक्री र संचय गर्छन फार्मेसी

प्रतिवन्धित औषधि खुलेआम विक्री र संचय गर्छन फार्मेसी

धनगढी । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधिका रूपमा फार्मेसीबाट कारोबार हुने गरेको छ । चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनका रूपमा बिरामीले प्रयोगमा ल्याउँछन् ।

औषधि व्यवस्था ऐनअन्तर्गत सञ्चालित फार्मेसी खाद्यपूरक सामाग्री बिक्रीका लागि कानुनसम्मत हुँदैनन् । खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन् । यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ ।

औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्जका दिपेन्द्रकुमार शाहका अनुसार धनगढीका बजारमा रहेका फार्मेसीबाट व्यापार भइरहेको छ । उनका अनुसार पोषणविद्लाई छल्दै विशेषज्ञ चिकित्सकले यसको सिफारिस गरिदिन्छन् र सेवाग्राहीमार्फत मोटो रकम लिएर फार्मेसीले व्यापार चलाइरहेका छन् । 

यसको पहिलो साता जिल्ला प्रशासनको नेतृत्वमा भएको अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित एसएमडि मेडिसिन डिस्ट्रिव्यूटर्सले सो औषधि विक्रि वितरण गरेको उल्लेख थियो भने मनकामना मेडिको सेन्टरले संचय गरेको पाइएको छ । 

धनगढीका ३३ फार्मेसी अनुगमन गर्दा दुई पसलमा सो त्रृटि फेला परेको थियो भने नौ वटा पसल बन्द अवस्थामा रहेको थियो । बिरामीलाई डाक्टरले औषधि सिफारिस गरिदिएको आधारमा फार्मेसीले आहारपूरक सामाग्रीसमेत बिक्री गरेर अपराध गरिरहेको देखिएको उनी बताउँछन् । खाद्यपूरक सामाग्री खाद्य वस्तुको रूपमा उपभोग गर्ने गरिन्छ । यसलाई औषधिको रूपमा प्रयोगमा ल्याउनु गलत मानिन्छ । औषधि व्यवस्था विभागले औषधि ऐनको दफा २५ अनुसार २०४९ सालको राजपत्रमा प्रकाशित सूचनाको आधारमा त्यस्ता उत्पादन नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।

देशमा बनाउन नपाईने भित्र्याउन पाइने नेपाली बजारमा बिक्रिवितरण हुने सबै औषधिजस्ता खाद्यपूरक विदेशबाट आयात हुन्छ । क्याप्सुल, ट्यावलेट, झोल पदार्थमा बन्ने विभिन्न उत्पादनहरु उत्पादन गर्न नेपालमा कसैलाई पनि स्वीकृति दिइएको छैन ।

यस्तै, निरीक्षणका क्रममा धनगढीका केही फार्मेसीहरुले लागु तथा मनोद्दिपक औषधि रेकर्ड नराखेको र सामुदायिक फार्मेसीमा एसिटाडोल ट्याब्लेट संचय गरेको पनि पाइएको थियो ।