म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा रियल बेटिसलाई १–० ले पराजित गर्दै युनाइटेड अन्तिम ८ मा पुगेको हो।

युनाईटेडको जितमा मार्कोस रासफोर्डले खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए। यससँगै युरोपा लिगको यो सिजनमा रासफोर्डले ६ गोल पुरा गरेका छन्।