नेपालले गुमायो पाँचौँ विकेट

नेपालले गुमायो पाँचौँ विकेट

काठमाण्डौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ। क्रिजमा जमिरहेको अवस्थामा भीम सार्की ६७ रनमा आउट भएका हुन्। 

भीम र आरिफ शेखको साझेदारी जमिरहेका बेला विकेट गएपछि नेपालमाथि दबाब बढेको छ। ताजा अवस्थामा नेपालले ३१ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८१ रन बनाएको छ। 

अहिले क्रिजमा आरिफलाई साथ दिन गुल्सन झा प्रवेश गरेका छन्।