नेपालको खराब सुरुवात,  २ विकेट  गुमायो

नेपालको खराब सुरुवात,  २ विकेट  गुमायो

काठमाण्डौं ।आईसीसी लिग २ को अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।

नेपालले सुरुका २ ओभरमा लगातारु विकेट गुमाएको हो। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए। 

त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन्। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।