कैलालीमा सीसी टिभी जडान गरिने

कैलालीमा सीसी टिभी जडान गरिने

कैलालीमा सीसी टिभी क्यामरा राख्नका लागि बिहीबार छलफल गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको छलफलले शान्ति सुरक्षालाई प्रविधियुक्त बनाउने निर्णय गरेको छ ।

यसैगरी, सीसी टिभी जडानका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । कैलालीमा जडान हुने सीसी टिभीको वार्षिक रुपमा मर्मत तथा अन्य आवश्यक सरसामान जुटाउने जिम्मेवारी सीसी टिभी जोडिएको सम्बन्धित स्थानीय तहको रहने जनाइएको छ । 

सीसी टिभीको ‘सेन्ट्रल मोनिटर्निङ’ जिल्ला प्रहरी कार्यालयमा रहने, मर्मत गर्ने प्राविधिक टिम जिल्ला प्रहरी कार्यालयले तयार गर्ने निर्णय गरिएको छ । 

छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रमुख आभूषण तिम्सिनाको उपस्थिति रहेको थियो ।