कैलाली जिल्ला कराते सघंको अध्यक्षमा ललित खत्री चयन

कैलाली जिल्ला कराते सघंको अध्यक्षमा ललित खत्री चयन

धनगढी । कैलाली जिल्ला कराते सघंको अध्यक्षमा ललित खत्री चयन भएका छन । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदसिय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन ।

त्यस्तै सदस्यमा बवरजगं शाहि, आशाराम चौधरी, खुसिराम चौधरी, अशोक चौधरी, माला कार्कि, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन । 

यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो । 
अध्यक्षमा चयन भएपछि खत्रिले खेलाडीको क्षेमता बिकास र खेलाडीको हकहितमा काम गर्ने बताए । उनले खेलाडीको बिकासका लागि जिल्लामा बिभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै देश र बिदेशमा हुने प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने बताए ।