इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  

प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरीमा रोक्दै समग्रमा १–० को जितका साथ मिलान  १२ वर्षपछि क्वाटरफाइनलमा प्रवेश गरेको हो । ऊ पछिल्लोपटक सन् २०११ मा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त रह्यो । योसँगै अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेका छन् ।