दीर्घ ‘यू’मा नेकपाका विद्यार्थीको एकता, ४९९ सदस्यीय केन्द्रीय कमिटी

दीर्घ ‘यू’मा नेकपाका विद्यार्थीको एकता, ४९९ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागेको छ ।

पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको छ । यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू) हुने भएको छ ।

एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने छलफल भइरहेको छ । अर्काे बैठकमा नेतृत्वको समेत टुंगो लगाइने कार्यदलले जनाएको छ ।

विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् ।

साभारः onlinekhabar.com