भागेश्वरलाई हराउँदै शुक्लाफाँटा फाइनलमा

भागेश्वरलाई हराउँदै शुक्लाफाँटा फाइनलमा

कञ्चनपुर। परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको टीम फाइनलमा प्रवेश गरेको छ।

आज भएको महिलातर्फको भलिबल प्रतियोगितामा भागेश्वर माध्यमिक विद्यालयलाई हराउँदै शुक्लाफाँटा फाइनलमा प्रवेश गरेको हो। सेमिफाइनल खेलमा शुक्लाफाँटाले भागेश्वरलाई ३–० को सेटमा हराएको छ। अबको खेल बैतडी र सीवाइसी अत्तरियाबीच हुनेछ। 

त्यस खेलको विजेतासँग शुक्लाफाँटाले खेल्नेछ। भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता थियो।

महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।