एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्कियो

एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्कियो

काठमाडौं । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ । एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो ।

टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो ।

युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।