ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।

नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो ।  नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आउट भए ।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । भीम सार्कीले ४४ रन बनाए । रोहितकुमार पौडेल ३० तथा आरिफ शेख १५ रनमा आउट भए ।

यसअघि नेपालले लिग टू अन्तर्गत नै २ फागुनमा त्रिवि मैदानमा नामिबियाविरुद्ध लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।