पीएनजीविरूद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल

पीएनजीविरूद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा पीएनजीका कप्तान आसाद भालालेटस जितेर फिल्डिङ रोजेका छन् ।

यसअधि दुबईमा सम्पन्न शृङ्खलाको अन्तिम खेलमा यूएई विरूद्धकै टिमलाई निरन्तरता दिँदै नेपालले आज पीएनजीसँग भिड्नेछ ।