विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाईयो नारी दिवस

विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाईयो नारी दिवस

धनगढी । कैलालीमा विभिन्न कार्यक्रम गरि एक सय १३ औं अन्तराष्टिूय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

ナलैᅨिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचᅳ भन्ने मुल नाराका साथ धनगढीसहित कैलालीका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो ।

दिवसको अवसरमा धनगढीको टूाफिक चौराहदेखि सामाजिक विकास मन्त्रालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा सामाजिक विकास मन्त्रालयका कर्मचारी, विभिन्न संघ(संस्थाका प्रमुख तथा पदाधिकारी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

No description available.

प्रभातफेरीपश्चात आयोजित विशेष समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा विद्युतिय रिक्सा चलाएर जिविकोपार्जन गर्दै आईरहेका नारीहरुलाई नगदसहित सम्मान गरेको मन्त्रालयका महिला तथा बालबालिका महाशाखाकी प्रमुख जयन्ती गिरीले जानकारी दिइन् ।

No description available.

मन्त्रालयले विद्युतिय रिक्सा चलाएर जिविकोपार्जन गर्दै आईरहेकी कैलालीकी सविता चौधरी, छुटमनिया चौधरी, इश्वरी नाथ, मिरा देवी चौधरी, बास्मति दहित र कञ्चनपुरकी भगवतिदेवी कुँवर सम्मानित भएकी हुन । उनीहरुलाई नगद १० हजारसहित सम्मानित गरिएको थियो ।

No description available.

यस्तै, मन्त्रालयले आयोजना गरेको टिकटक प्रतियोगितामा उत्कृष्ट तीन जनालाई नगद दश हजार सहित पुरस्कृति गरेको हो । पुरस्कृत हुनेमा कैलालीकी कामना देउवा, डडेल्धुराकी सविना अवस्थी र अछामका जगत वड रहेका छन् । उनीहरुले लैᆰ्गिक हिसा विरुद्धको सचेतनामुलक भिडियो बनाई मन्त्रालयमा पठाएका थिए । उनीहरुलाई नगद दश हजारसहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

No description available.