दार्चुलामा जीप दुर्घटना एकको मृत्यु, ९ घाइते

दार्चुलामा जीप दुर्घटना एकको मृत्यु, ९ घाइते

दार्चुला । दार्चुलामा भारतीय नागरिक बोकेको जीप दुर्घटना भएको छ ।महाकाली महाकाली नगरपालिका- ४ बाङ्गाबगर जिपपार्क नजिक मधेश प्रदेशको-०३ ००१ ज ०३४० नम्बरको जीप  बिहान ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृत्यु हुनेमा भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल सिमखोलाकी ६० वर्षिया काली देवि नेगि रहेको प्रहरी निरीक्षक लोकेन्द्र बहादुर कार्कीले बताए ।

नेगिको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । जीप दुर्घटनामा महाकाली नगरपालिका- २ बुढिचौराका २४ वर्षीय जिप चालक मोहन सिह लोथ्याल, भारतीय नागरीक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीय किरण कुमारी आग्री,३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् ।

मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शनका लागि जाँदै गर्दा जिप दुर्घटनामा परेको हो । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।