भीम सार्कीको अर्धशतक मद्दतमा सम्हालिँदै नेपाल

भीम सार्कीको अर्धशतक मद्दतमा सम्हालिँदै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।

सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।