सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो सातादेखि सुरु हुने

सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो सातादेखि सुरु हुने

धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप चैत ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो । 

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने बताए । सोही अनुसार अखिल नेपाल फुटबल संघ ९एन्फा०बाट प्रतियोगिताका लागि स्विकृति प्राप्त भएको उल्लेख गरे ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा समेत १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ ए डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रुपमा प्रबद्र्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।