पिएनजीविरूद्ध नेपालको खराब सुरूवात

पिएनजीविरूद्ध नेपालको खराब सुरूवात

काठमाण्डौं । पिएनजीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ।

आफ्नो इनिङको पहिलो बलमै विकेट गुमाएको नेपालले पाँच ‌ओभरभित्र दुई विकेट गुमाएको छ।

नेपालका कुशल भुर्तेललाई पहिलो बलमा पिएनजीका सेमो कामियाले आउट गरे।  ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको अन्तिम बलमा ६ रनमा आउट भए। नेपालले ७ ओभरमा २ विकेट गुमाउँदा २१ रन जोडेको छ।

नेपाललाई १८० रनको लक्ष्य

आइसिसी विश्वकप लिग २ को खेलमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबईमा भइरहेको नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी छदा १ सय ७९ रनमा अल आउट भयो।

पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन जोडे। उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे ।

सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए।

दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौं विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए। त्यअघि दिपेन्द्रले नै पाँचौं विकेटको रुपमा गौडी टोका १५ रनमा बोल्ड गरेका थिए।

यस्तै सोमपाल कामीले रेली हेकुरेलाई ९ रनमा र करण केसीले नोर्मान भानुआलाई १४ रनमा बोल्ड गरे।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २(२ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १.१ विकेट लिए। 

नेपालले पिएनजीका तीन ब्याट्सम्यानलाई रनआउट गरेको थियो। जसमा आसिफ, दिपेन्द्ररकरण र सन्दीपले रनआउट गरेका थिए।

सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो। 

सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग २ को अन्तिम सिरिज हुँदैछ।

लिग(२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग(२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। 

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ। 

छैटौं स्थानको नेपालको ३० खेलबाट २८ अंक जोडेको छ। पुछारको ‍पिएनजीको ३० खेलबाट ५ अंक छ।

शीर्ष तीनमा पुग्ने सम्भावना जीवित बनाउन आज नेपालले पिएनजीलाई हराउनु पर्नेछ। एकदिवसीय मान्यता जोगाउन आजसहित ४ खेलमा जित्नु पर्नेछ।