नेपाललाई पहिलो सफलता

नेपाललाई पहिलो सफलता

काठमाण्डौं । आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीचको खेल चलिरहेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले ११औँ ओभरमा पहिलो विकेट गुमाएको छ । 

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा किप्लिन डोरिगालाई एलबिडब्लू आउट गरे । ४३ बल खेलेका डोरिगाले तीन चौकामो सहायतामा २६ रन बनाएका थिए । 

नेपालले सोमपाल कामी र करण केसीबाट बलिङ सुरुवात गरेको थियो । दुवैले पाँच–पाँच ओभर बलिङ गरिसक्दा पिएनजीले विना कुनै क्षति ४१ रन बनाएको थियो । 

ताजा अवस्थामा ११ ओभरको खेल सकिँदा पिएनजीले १ विकेटमा ४४ रन बनाएको छ ।