आईसीसी क्रिकेट: आज पीएनजीको सामना गर्दै नेपाल

आईसीसी क्रिकेट: आज पीएनजीको सामना गर्दै नेपाल

काठमाडौं ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज पुपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार ११:४५ बजे सुरु हुनेछ। 

विश्वकप छनोटमा स्थान बनाउन र एकदिवसीय मान्यता कायम राख्न जित्नै पर्ने दबाबका साथ नेपाल मैदानमा उत्रिनेछ। लिग २ का पछिल्लो शृङ्खलाअन्तर्गका खेलमा अपराजित रहँदै आएको नेपाल बिहीबारको खेलमा भने संयुक्त अरब ईमिरेट्स (यूएई) सँग पराजित भयो। 

लगातार ५ खेलको विजयी यात्रामा ब्रेक लागेपछि नेपाल पीएनजीविरुद्ध जित निकाल्दै पुनरागमनको लक्ष्यमा छ। 

यूएई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो।  लिग २ को शीर्ष ३ मा परेर विश्वकपमा स्थान बनाउनका लागि नेपालले बाँकी ६ खेल जित्नैपर्ने छ।