कुशल मल्लको युएईविरूद्ध अर्धसतक पुरा

कुशल मल्लको युएईविरूद्ध अर्धसतक पुरा

काठमाण्डौं । कुशल मल्लले युएईविरूद्ध अर्धसतक पुरा गरेका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईले दिएको २०८ रनको जवाफी लक्ष्य पछ्याएको नेपालका लागि मल्लले अर्धसतक पुरा गरेका हुन्।

उनले  ४२ बलमा ८ चौका र १ छक्का सहित ५० रन कटाएका हुन्। 

कमजोर सुरूआत गरेको नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले १।२ ओभरमा १२ रनको सुरूआती साझेदारी गरेका थिए। कुशल भुर्तेल सबिर अलीको बलमा मोहम्मद वासिमबाट ५ रनमा क्याच आउट भए।

तीव्र गतिका बलर जुनैद सिद्दिकले तेस्रो ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ललाई विकेटकिपर वृत्य अरविन्दबाट शून्यमा क्याच गराए। एक बलपछि कप्तान रोहित पौडेल बोल्ड आउट हुन पुगेपछि नेपाल १७.३ को अवस्थामा पुगेको थियो। त्यसपछि १७ रन बनाएर आशिफ शेख आउट हुँदा लगत्तै १० बल खेलेर आरिफ शेख शुन्यमा आउट भए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो।

युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए। ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले ५१ रन बनाए। आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए। 

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरे।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र आसिफले ४६ रनको साझेदारी गरेका थिए। वृत्य सन्दीपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। 

कप्तान सिपी रिजवान ४० बलमा १ चौकासहित २२ रनमा आउट भए । मुस्तफा र आसिफले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आर्यन लर्कान २८ रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्। यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १.१ विकेट लिए।

मौसम ढकाल (श्याम) घाइते भएपछि उनको स्थानमा लामिछाने खेलेका हुन। अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्। 

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्। बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।