कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

धनगढी ।  कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बुधवार उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको बताए । डिएसपी चन्दकाअनुसार उनीहरू दुवै जना छिमेकी हुन् ।

उनीहरू दुवै जना विवाहीत हुन् । गाई गोरु चराउन गएका बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।