धनुषामा प्रहरीको भ्यानबाट भागेका मुखिया  पक्राउ

धनुषामा प्रहरीको भ्यानबाट भागेका मुखिया  पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।


प्रहरीको गाडीबाट हाम फालेर भागेका उनलाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले बताएको हो ।

जनकपुरबाट फर्किँदै गर्दा थुनुवा मुखिया प्रहरीको गाडीबाट कमला नहरमा हाम फालेर भागेका थिए ।