धनुषामा प्रहरीको भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

धनुषामा प्रहरीको भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार

धनुषा । धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन्। प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। 

धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन्।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी  इलाका प्रहरी कार्यालय फर्किदै गर्दा उनी फरार भएका हुन् ।प्रहरीका अनुसार मुखियाको खोजी कार्य जारी छ।