धनगढीमा देशकै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढीमा देशकै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा आयोजना हुने धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ ।

पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा भोलिदेखि हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो ।

प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा हुने प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने छ ।

संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा संचालन हुन लागेको हो ।

प्रतियोगितामा  ओपन डबल, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरि तीन ईभेन्टमा संचालन गरिने बताए ।

ओपन डबलमा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतियलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।

४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतियलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतियलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए ।

प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुने छ ।

उक्त प्रतियोगितामा पोखरा,काठमाण्डौं,नारायणघाट,बुटवल, नेपालगञ्ज, सुर्खेत र सुदूपश्चिमका नौ वटै जिल्ला गरी एक सय टिम सहभागी हुने आयोजकले जानएको छ ।