प्रदेश ७ को राजधानी तराई, नाम पहाड ! महानगर बनाउन धनगढी र गोदावरीलाई राजधानी तोक्ने तयारी

प्रदेश ७ को राजधानी तराई, नाम पहाड ! महानगर बनाउन धनगढी र गोदावरीलाई राजधानी तोक्ने तयारी

धनगढी : प्रदेशको नाम र राजधानीबारे सुझाव सकलन गर्न गठित समितिले प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । 

सुझाव सकलन कार्य अन्तिम चरणमा पुगेकोले केहीदिनभित्रै प्रतिवेदन बुझाउने तयारीमा समिति छ । 
साउन १४ गते नेकपाका प्रमुख सचेतक तारालामा तामाङको सयोजगत्वमा गठित समितिलाई १ हप्ताको म्याद दिएर सुझाव सकलन गरि साउन २१ गते बैठकमा पेश गर्न निर्देशन दिईएको थियो । 

पर्याप्त समय नभएको भन्दै थपिएको एक हप्ताको म्याद पनि सकिएपछि पुनः मगलवार पाँच दिनका लागि म्याद थपिएको छ । 

दुई हप्ता बढी समितिले छलफल गरिसकेकाले प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा रहेको समितिकी सदस्य चुनकुमारी चौधरीले बताईन । 

‘छलफल लगभग सकिएको छ । प्रतिवेदन बनाउने कार्य हुदैछ ।’ चौधरीले भनिन, ‘बढीमा तिनदिनभित्र प्रतिवेदन सभामुखलाई बुझाउछौ ।’

समितिले प्रतिवेदन प्रदेश सभा बैठकमा बुझाउनुपर्ने हो । तर, मगलवार समितिको म्याद पाँच दिनका लागि मात्रै थपिएको छ । थपिएको म्याद शनिवार सकिदैछ । प्रदेश सभा बैठक भने भदौ ६ गते बस्ने छ । 

त्यसैले प्रदेश राजधानी र नामबारेमा सुझाव सकलन गरि तयार पारिएको प्रतिवेदन शनिवार सभामुख अर्जुन बहादुर थापालाई बुझाउने तयारी समितिको छ । 

करिव दुई हप्ता अगाढी गठन गरिएको समितिले हालसम्म प्रदेश ७ का शिर्ष नेता, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सभा सदस्य, प्रदेशका राजनितिज्ञ लगायत सरोकारवालासग छलफल गरिसकेको जनाएको छ । 

छलफलकै लागि प्रदेश सभा सदस्य तारालामा तामाङ र समितिका सदस्य बलदेव रेग्मी काठमाडौमै हुनुहुन्छ । यता, समितिका सदस्य प्रेमप्रकाश भट्ट, श्यामलाल राना र चुनकुमारी चौधरीले प्रदेशमा छलफललाई तिव्रता दिईरहेका छन । 

प्रदेश सभा सदस्य तथा समितिकी सदस्य चुन कुमारी चौधरीका अनुसार समितिले तराई र पहाडका जनतालाई चित्त बुझ्ने गरि नाम र राजधानीबारे प्रतिवेदन तयार पारिरहेको छ । त्यसैका लागि समितिको म्याद दुई पटक थपिएको हो । 

हाल काठमाण्डौमा रहेका समितिका सयोजक तामाङले भने, ‘सवैको ध्यान प्रदेशको नाम र राजधानीमा छ । त्यसैले जतिसक्दो चाडो प्रतिवेदन तयार गरेर बुझाउने तयारीमा छौ ।’

प्रदेश नाम र राजधानीबारे स्वयम सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्य पनि विभाजित छन । 
स्रोतका अनुसार डोटीबाट प्रतिनिधित्व गर्ने सांसदले मात्रै दिपायल राजधानी हुनुपर्ने माग गर्दै आएका छन ।

तराईका जिल्ला र डोटी बाहेक अन्य पहाडी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले र धनगढी वा अत्तरीया राजधानी बनाउनुपर्ने माग गर्दै आईरहेका छन ।

नाम र राजधानीबारे आम सर्वसाधारणले निकै चासो लिईरहेका बेला संसदमा प्रतिनिधित्न गर्ने दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले नाम र राजधानीबारे आफनो धारणा सार्वजनिक गरेका छैनन । 

यद्यपी, प्रदेशको अस्थायी राजधानी धनगढीमा भौतिक सरचना निर्माणका करोडौ रुपैया खर्च भईसकेकोले धनगढीमै राजधानी बनाउनुपर्ने धारणा धेरैको रहेको पाईन्छ । 

‘तराईमा राजधानी र पहाडलाई प्रतिनिधित्व गर्ने गरि प्रदेशको नाम तोक्न सुझाव आएको छ ।’ समितिका एक सदस्यले भने, ‘तराईमा राजधानी र पहाडको नाममा प्रदेशको नाम राखिने सम्भावना धेरै छ ।’

उनको सकते प्रदेश ७ को राजधानी धनगढी–अत्तरीया नै हुने तर्फ थियो । दिपायल राजधानी हुनुपर्ने माग गर्दै विगतमा ६४ दिनसम्म आन्दोलन भएको थियो । अहिले पनि प्रदेशको नाम र राजधानीबारे प्रक्रिया सुरु भएसगै डोटीका बासिन्दा राजधानी माग्दै धनगढीमा छन । 

दिपायलमा राजधानी नबनाउनकै लागि मुख्यमन्त्री पनि डोटीकै बनाईएको स्रोतको दावी छ । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो । 

यसअघिका चुनावमा देउवाले धनगढीबाट चुनाव जितेका थिए भने मसिरमा सम्पन्न चुनावमा पत्नी आरजुलाई उम्मेद्वार बनाएका कारण उनी धनगढीलाई राजधानी बनाउन चाहन्छन । 

नेकपाका प्रदेश ७ का शिर्ष नेता भिम रावल धनगढी र लेखराज भट्ट राजधानी अत्तरीया बनाउने पक्षमा रहेको बुझिएको छ । अत्तरीया भट्टको घर हो । 

अत्तरीया वा गोदावरी क्षेत्रमा राजधानी तोक्नुपर्ने माग सामाजिक विकाश मन्त्री दिर्घ बहादुर सोडारीले केही प्रदेश सभा सदस्यले पनि गरिरहेको बताईएको छ । 

प्रदेशको नाम र राजधानीका विषयमा सुझाव सकलन गर्न गठित समिति स्रोतका अनुसार प्रदेशको नाम खप्तड प्रदेश राख्ने निश्चित जस्तै भईसकेको छ भने राजधानी धनगढी र अत्तरीयालाई जोडेर तोकिने छ । 
पछि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर महानगरपालिका बनाईने दावी स्रोतको छ । 

राजधानीबारे विवाद उत्पन्न हुने अवस्थामा महानगर बनाउने तयारी स्वरुप धनगढी–गोदावरी क्षेत्रलाई राजधानी तोकेमा विवाद उत्पन्न नहुने अपेक्षा समितिको छ । 

धनगढी–अत्तरीयालाई राजधानी तोक्न सुझाव सहितको प्रतिवेदन तयार भईरहेको र त्यस विषयमा सवैको सहमति खोज्नका लागि छलफल जारी रहेको समितिका एक सदस्यले जानकारी दिएका छन ।