आईसीसी विश्वकप लिग २ मा आज स्कटल्यान्ड र नामिबिया भिड्दै

आईसीसी विश्वकप लिग २ मा आज स्कटल्यान्ड र नामिबिया भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नामिबियाले स्कटल्यान्डको सामना गर्दैछ। गएको फागुन २ गतेबाट नेपालमा सुरु भएको लिगमा सोमबार नामिबियाले अन्तिम खेलमा सहभागीता जनाउन लागेको हो। जारी लिगमा नामिबियाले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन। तालिकाको तेस्रो स्थानमा रहेको नामिबिया दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ नेपाल आएको थियो।

तर उसले लगातार तीन खेलमा हार बेहोरेसँगै अब उसको दोस्रो स्थानमा पुग्ने सम्भावनाको अन्त्य भएको छ। साथै नामिबियाले आज ३५ मध्येको ३४औं खेल खेल्न लागेको हो। यता स्कटल्यान्डले पनि लिगमा दुई खेल मात्र बँचाएको छ।

त्यसैले नामिबिया यो लिगको सान्त्वना जितको लक्ष्यमा हुनेछ। यता स्कटल्यान्ड भने शीर्षस्थानमा अंकको अग्रता अझै बढाउन चहान्छ। 

स्कटल्यान्डका प्रशिक्षकको लागि नेपाल भ्रमण नै अन्तिम हो। त्यसैले उनी बाँकी खेलमा भने जित निकाल्न चहान्छन्। लिग २ को जारी त्रिकोणात्मक शृंखलाअन्तर्गतको अन्तिम खेल भोली हुनेछ।