नयाँ म्युजिक भिडियो ‘पानी मिठो मूलको ’ सार्वजनिक

नयाँ म्युजिक भिडियो ‘पानी मिठो मूलको ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय  गायिका मेलिना राई र विवेक श्रेष्ठको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘पानी मिठो मूलको ’ सार्वजनिक भएको छ।

मायालु प्रेमिल शब्दहरूको समिश्रण रहेको यस गीतमा रिमेश कुमार थापाले सङ्गीत भरेका छन् । 

म्युजिक भिडियोमा अहिलेका युवा पुस्तामा आफ्नो कला मार्फत मन जितिरहेका मोडेल द्वय कमल सिंह र  जेनिलिया श्रेष्ठ फिचर्ड छिन्।

भिडियोमा राम कुमार केसीको छायाँकन  रहेको छ भने सन्तोष राजवहाकको निर्देशनमा यस म्युजिक भिडियो तयार पारिएको  हो । 

भिडियो ओ एस आर डिजिटलको आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ ।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेको छ।