ओप्पोको नयाँ फोन यस्तो छ विशेषता

ओप्पोको नयाँ फोन यस्तो छ विशेषता

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले ४८ मेगापिक्सेल क्यामरा भएको नयाँ मोबाइल बजारमा ल्याएको छ ।ओप्पो एफ ११ प्रो मोबाइलको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका दुई क्यामेरा रहेका छन् ।

सेल्फी क्यामेराको लागि परिचित ओप्पोले नयाँ डिजाईनको मोबाइलमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।ओप्पो एफ ११ प्रोको बजार मुल्य ४७,९९० राखिएको छ । ओप्पो एफ ११ प्रो हरियो र कालो दुई रंगमा उपलब्ध छ ।

यसमा १२ एनएम २.० गिगाहर्ज ओक्टाकोर मेडियाटेक हेलियो पी ७० प्रोसेसर राखिएको छ । यसले राम्रो परफरमेन्स दिने कम्पनिले जनाएको छ ।

४००० एमएएचको ब्याट्री रहेको ओप्पो एफ ११ का लागि कम्पनीले छिट्टै चार्ज हुने चार्जर दिएको छ । कम्पनीको दावी अनुसार उक्त चार्जरले चार्ज हुने समयलाई २० प्रतिशतले घटाउनेछ ।