माग पूरा नभए १५ पछिदेखि पुन : सरकारी चिकित्सकले आन्दोलन गर्ने

माग पूरा नभए १५ पछिदेखि पुन : सरकारी चिकित्सकले आन्दोलन गर्ने

काठमाडौं : सार्वजनिक भएको कर्मचारी समायोजनको सूचीको विरोध गर्दै पटक-पटक आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ गोदानले आफूहरूको माग पूरा नभए १५ गते देखि पुन: आन्दोलन चर्काउने बताइएको छ।

यस अघि चैत २३ गतेदेखि तेस्रो पटक आन्दोलन गरेका सरकारी चिकित्सकले आफूहरूको माग सम्बोधन गर्न सरकारले  दुई साता समय मागेपछि बैशाख एक गतेदेखि अफूहरूको आन्दोलन स्थगित गरेका थिए।

तर यस बीचमा पनि आफूहरूको माग पूरा नभए पुन १५ गतेबाट आन्दोलन गर्ने तयारीमा आफूहरू लागेको सघंका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए। उनले भने, 'सरकारले तपाईहरुको माग पूरा हुन्छ। तर हामीलाई केही समय दिनु भनेर हामी दुई हप्ताको लागि आन्दोलन स्थगित गरेका हौँ। 

यस बिचमा पनि माग पूरा नभए हामी आन्दोलन फेरि गर्ने छौँ।' आफूहरूको माग पूरा हुने तर समय लाग्ने भन्दै समय मागपछि आफूहरूले इमान्दारिताका साथ आन्दोलन स्थगित गरे पनि यस बीचमा सरकारका केही जिम्मेवार व्यक्तिले नै आफूहरूको माग पुरा नहुने अभिव्यक्ति दिइरहेको हुँदा माग पूरा नभए आफूहरू पुन: आन्दोलन गर्नु पर्ने आफूहरू तयारीमा जुटेको समेत अध्यक्ष डा पाण्डेले बताए।

चैत २३ देखि तेस्रो पटक आन्दोलन गरेका सरकारी चिकित्सकले बैशाख एक गते स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा आफूहरूको माग पूरा गर्न सरकारी प्रतिनिधिले दुई साताको समय मागेपछि  दुई साताको लागि आन्दोन स्थगित गरेको थियो।

मन्त्रालयमा भएको अनौपचारिक छलफलमा स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिवद्वय डा पुष्पा चौधरी, चन्द्रकुमार घिमिरे, सहसचिवद्वय महेन्द्रप्रसाद श्रेष्ठ र जनार्दन गुरागाईं सहभागी थिए। यस्तै गोदानका तर्फबाट अध्यक्ष डा दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेल र महासचिव डा रवीन खड्का सहभागी थिए।

छलफलमा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र सह कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीसमेत सहभागी थिए। सरकारी चिकित्सकहरूको आन्दोलनमा सुरु देखिने चिकित्सक संघले समर्थन गर्दै आएको छ।