नेपालले नामिबसँगको दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै

नेपालले नामिबसँगको दोस्रो खेलमा टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो  दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो ।

यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेङ ११

आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप जोरा र सन्दीप लामिछाने ।