नामिवियाविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

नामिवियाविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले नामिवियाविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा केहीबेरमा खेल सुरु हुने छ। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो।

शुक्रबार नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो।