स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित

स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित

काठमाडौं । क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा बुधवार भएको खेलमा स्कटल्यान्ड विजयी भएको छ। नामिबियालाई १० विकेटले हराउँदै स्कटल्यान्ड विजयी भएको हो।

नामिबियाले पहिलो ब्याटिङ गर्दै ३९.२ ओभरमा १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २२.१ ओभरमा विकेट नगुमाउँदै १५७ रन बनाएको हो। स्कटल्याण्डलाई विजयी बनाउन जर्ज मुन्सेले ६१ बलमा अविजित १०३ रन बनाए। यस्तै, केल कोटचरले ७२ बलमा अविजित रहँदै ४६ रन बनाए।

हिजो भएको पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो।