दशरथचन्द नगरपालिकामा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

दशरथचन्द नगरपालिकामा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा पहिलो पटक आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका १९ माध्यमिक विद्यालयको सहभागिता रहनेछ ।

प्रतियोगिता अन्तर्ग छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सका खेल खेलाइने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । प्रतियोगिताको तयारी पूरा भएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेलाई १० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । यस्तै अनुसाशित टिम र मार्चपासमा प्रथम हुने टिमलाई ५÷५ हजार पुरस्कार दिइनेछ ।