प्रेम र प्रेमदिवस

प्रेम र प्रेमदिवस

मायामै अडेको यो संसारमा, अब मायाको सरल परिभाषा र बिश्लेषण गर्ने दुस्साहस त मैले गर्दैन तर मैले पनि कतिलाई मनपराय होला। कतिलाई मनपरायर प्रेम गरे।

कसैसँग प्रेम नै भयो। यस  अर्थमा मेरो प्रेम सफल भयो,भएन। आज एक्काइसौ सताब्दिमा यो भौतिक  संसारमा कुनै पनि प्रेम असफल हुने थिएनन् ! एक कुनै पनी  जोडी दुखित हुने थिएनन्।असफल र वियोगान्त प्रेम कहानी ती कहानीहरु हुन् ।  जुन युगान्तकारी हुन्छन् र साचो प्रेमको मिसाल दिदा मानिसहरु तिनीहरुलाई नै सम्झिने गर्छन्। अर्थात निस्वार्थ माया गर्न सहज छैन। जस्तैः भगवान श्रि कृष्ण र राधा, रोमियो-जुलिएट, तिनै वियोगान्त कथा हुन्, जुन पबित्र प्रेमको शब्दकोषमा स्वर्णिम अक्षरमा कुदिए,युगान्तर...

No description available.

एक वियोगान्त कहानी छ ! जस्को बलिदानको सम्झनामा प्रेम दिवस मनाइन्छ।

सन् २६९/७० तिरको हो। जब रोम मा युद्ध पिपासु राजा क्लाउडियसले बिबाह गर्न प्रतिबन्ध लगाए।युद्धमा सेनाको सङ्ख्या घट्छ र बिबाह गरि जनता घरमै बस्न थाले ! त्यही समयमा एक 'भ्यालेन्टाइन' नाम गरेका पादरी थिए जो लुकिछुपी बिहे गराउन सङ्लग्न थिए, किनकि उनको काम नै लमि थियो। उनलाई युद्ध भन्दा प्रेममा बिश्वास थियो। आफ्नो बिरोध गरि बिहे गराउदै  हिंडेको थाहा पाएपछि राजाले ती पादरी 'भ्यालेन्टाइन' लाई केही दिन थुनामा राख्ने र मृत्युदण्ड दिने सजाय सुनाए। पादरीलाई थुना चलान गरियो। थुनामा एक जेलरकि छोरीलाई उ पर्ति श्रद्धा र आस्था जाग्छ। सबैको भलो सोच्ने, बिबाह गराइदिने, प्रेमको पुजारी जस्तो पबित्र पादरीलाई उसले प्रेम गर्न पुग्छिन। यो थाहा हुदाहुदै कि पादरिको मृत्युदण्ड केही दिनमा हुँदै छ। प्रेम बिहेमा परिणत हुदैन,भन्ने कुरा पनि अवगत छ। तर पनि प्रेमलाई कस्ले रोक्न सक्छ र ?

अन्तिम दिन जब पादरीलाई मृत्युदण्ड दिइने हुन्छ । त्यो दिन फेब्रुअरी १४ तारीख परेको हुन्छ। पादरिले त्यो केटीलाई एउटा चिट्ठी थमाईदिन्छ१जस्मा प्रेसकको नाम 'योर भ्यालेन्टाइन' लेखिएको हुन्छ। 'भ्यालेन्टाइन'को अर्थ जस्ले पबित्र प्रेम गर्छ। त्यहाँ मिलनको कुनै परिकल्पना नै गरेको छैन। त्यो निरंकुशता र कठिन परिस्थितिमा पनि प्रेम गरे। पबित्र प्रेम र बिबाह प्रति ती पादरीको बलिदान र सम्मानलाई सम्झेर हरेक बर्ष 'फेब्रुअरी'१४ तारीखमा बिश्वभरी प्रेम दिवस अर्थात 'भ्यालेन्टाइन डे' मनाइन्छ। साँचो प्रेम र 'भ्यालेन्टाइन'को अर्थ यो होइन कि ? प्रेम बिबाहमा परिणत हुनुपर्छ। प्रेमको उद्देश्य पनि हुँदैन।  साचो प्रेम नै यस्तो हुन्छ कि त्यहाँ बिबाहको अथवा मिलनको कुनै अपेक्षा हुँदैन। त्यहाँ केबल प्रेम हुन्छ साचो प्रेम ! उ र उनी सधैंलाई मेरो होइनन्, थाहा छ, तर पनि प्रेम त अमर अजर हो ! साचो प्रेम गर्नु त ईश्वरत्व प्राप्त गर्नु हो। प्रेमले नै मनमा प्रफुल्लता र आत्मामा सम्पूर्णता पैदा गर्छ। यदि स्वर्गीय आनन्द कतै पाउछ भने त्यो प्रेममा नै पाउछ।

साचो प्रेम कुनै सुख-बिनोद, यश, श्री सम्पत्ति र भौतिक सम्पन्नता भन्दा माथि रहन्छ। प्रेम कुनै वासलात पनि होइन !'जहाँ नाफा र घाटा बराबर हुनुपर्छ।' यसमा कुनै किसिमको धोका, छ्ल-कपट, जालझेल र लालस्ता नभई निस्वार्थ, निर्मल, निश्चल, निस्कपट र सहृदयी भावनाले ओतप्रोत हुनुपर्छ। जहाँ उहिलेका प्रेमीहरुले आफ्नो प्रेमको लागि जीवन समर्पित गर्थे। आफ्नो मायाको खातिर दुनियाँसङ्ग लडेर अजर प्रेम गाथा कोर्थे। सारा संसार अल्झीदा  पनि प्रेमलाई अपनाउथे। 

त्यहीँ अहिलेको प्रेम महँगा उपहार, चक्लेट, एउटा गुलाफ, र तीन अङ्ग्रेजी शब्दमा सिमित भएको छ। अझै अहिले 'भ्यालेन्टाइन' को अबधारणा युवामाझ निकै प्रचलित छ। जुन आयातित बिदेशी सँस्कृतिको प्रभाव हो। प्रेम गर्न लाई कुनै दिन हेरिरहनु पर्छ होला र ? एक दिन प्रेम गर्ने बाकी बर्ष भरी तेरो मेरो गर्दै खेदा खनेर बस्ने ? जहाँ आफ्नै प्रेमी र प्रेमिकालाई गुलाफ दिन, प्रेम प्रस्ताव गर्न, अङ्कमाल गर्न र चुम्बन गर्न समेत दिन पर्खिनुपर्छ।त्यहाँ कस्तो खालको प्रेम हुन्छ होला ? यो मेरो कल्पना भन्दा बाहिरको कुरा भयो। यस्ता कुराहरुले हुनुपर्छ प्रेम निकै बदानाम छ। प्रेम गुमनाम होस्, तर बदनाम नहोस !  भाबनाले बोल्छ।अहिलेका प्रेम प्रसङ्ग प्रकाश पार्ने एक टुक्का निकै प्रयोगमा छ, अहिलेस 'खुट्टा भए, जुत्ता कति!' खुट्टा मात्र भएर के गर्नु जुत्ता नि भेट्टाउनू पर्‍यो।

अहिले बिश्वब्यापीकरण, टिभी, ईन्टरनेट र सोसल मिडियाको युगमा प्रेम केवल 'मनोरञ्जन'को चिज बन्न पुगेको छ। ३-४ कक्षामा पढ्ने फुच्चा फुच्चेको बालसुलभ मित्रता लाई 'लभस्टोरि फिल्मुमा देखाइन्छ। तैपनि'नाइँ न भन्नू ल। अरे नाइँ नभने पनि हुन्छ भन्ने उमेर पनि उस्को कतै पुगेको छैन। ज्ञात वा अज्ञात मै, हामी 'एड्भान्स' हुने तर्कमा कतातिर उन्मुख हुँदैछौं त्यो बुज्नु नितान्त जरुरत देखिन्छ। जस्को प्रतिफल आज हामी दुःखद समाचार सुन्न र हेर्न बाध्य छौं।

कहिले काही सुनिन्छ, प्रेम प्रस्ताव अस्विकार गर्‍यो भन्दै कुनै निहत्था महिला माथी 'एसिड' आक्रमण भएको। अथवा जबर्जस्ती करणी, बलात्कार र हत्या गरिएका जघन्य घटना दिन दुई गुणा र रात चौ गुणा बढीरहेको छ। कसैलाई जबर्जस्ती प्रेम गर्न  लगाउन सकिन्छ होला र ? कुनैपनि स्त्री एउटा आकर्षण र मनोरञ्जनको सामाग्री मात्रै हुन् त ? के माया प्रेम बलजवस्ती प्राप्तिको लालसा मात्रै हो ! त ? यदि त्यस्तो हो भने पनि त्यो अपमान र अपराध बाहेक केहि होईन। यस्तो लज्जास्पद र हास्यास्पद अ ? केही हुन् सक्दैन। महिलालाई आफ्नै पैतृक सम्पत्ति सोच्नु र उनिहरु माथी हैकम चलाउन खोज्ने पितृसत्तात्मक मनसायले गाजिएको अहिलेको समाजमा व्यबहारिक अर्थमा उनीहरुको समान हक र अधिकार स्थापित गर्न सकियला ररु यी र यस्तै प्रश्न आफूले आफैंलाई सोध्नुपर्छ। यस्ता रिति र कुसस्कारलाई निरुत्साहित गर्नुपर्छ। यसमा युवाको विशेष भुमिका हुन्छ। काँधमाकाँध मिलाएर अघि बड्नु हाम्रो कर्तव्यबोद हुनेछ।युगान्तरमा हाम्रो कथा बन्ने छ ! सम्पूर्णमा प्रेमको आभास हुनेछ। प्रणय दिवशको अवसरमा मेरी उनिलाई अनमोल शुभकामना छ ।  

-कुबेर खड्का (फकिरयात्री३६)
  (स्वास्थयकर्मी )