संघीय संसदको अर्थ समितिद्वारा पूर्व बजेट छलफल शुरु

संघीय संसदको अर्थ समितिद्वारा पूर्व बजेट छलफल शुरु

धनगढी : संघीय संसदको प्रतिनिधि सभाको अर्थ समितिले आगामी आर्थिक बर्षको बजेटका प्राथमिकताका लागि पूर्व बजेट छलफल शुरु गरेको छ ।  

अर्थ समितिले सोमबार धनगढीमा सुदूरपश्चिम प्रदेश सरकार, प्रदेशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रदेश सासंदहरुको उपस्थितिमा बजेटका प्राथमिकताका बारेमा छलफल गरेको हो ।

छलफलमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रतिनिधि, स्थानीय ब्यवसायीहरुले सुदूरपश्चिम प्रदेशका औद्योगिक विकास गर्न औद्योगिक क्षेत्र स्थापना हुनुपर्ने र भारतबाट कच्चा पदार्थ आयात हुने भएका कारण सहज रुपमा नाका ब्यवस्थापन हुनुपर्ने गरी बजेटबाट नीतिगत ब्यवस्था गर्न माग गरेका छन् ।

छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, सांसद रामकुमारी झाँक्री निरा जैरु र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराको उपस्थिति थियो ।