भोलीबाट सुरु हुने  बि वाई सी मेयर कप फुटबल प्रतियोगिताको तयारी पुरा

भोलीबाट सुरु हुने  बि वाई सी मेयर कप फुटबल प्रतियोगिताको तयारी पुरा

कैलालीको गोदावरी नगरपालीका अत्तरियामा हुने बि वाई सी मेयर कप फुटबल प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ ।

अत्तरियालाई फुटबलको सहर भनि देशव्यापी रुपमा परिचीत गराउने उद्धेश्यले श्री वनदेवी युवा कल्वको आयोजनामा बैशाख १० गतेदेखी १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रतियोगिताको समुद्घाटन गोदावरी नगरपालीकाका नगर प्रमुख  हरि सिहँ साउँदले गर्ने जनाएको छ । उक्त प्रतियोगिताको बिजेताले ३ लाख १ रुपैया पाउने जनाएको छ ।

यस्तै उप विजेताले १ लाख ५० हजार १ रुपैया सहित नगद प्रमाण पत्र प्रदान गर्ने क्लवका सह सचिव रबिन्द्र बोहराले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार पाउने छ भने उत्कृष्ट गोलकिपर,डिफेन्डर,स्टाईकर,सर्वा्धिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही १० ÷१० हजार प्रदान गर्ने जनाएको छ ।यस्तै प्रतियोगिताको म्यान अफ द म्याचलाई ३ हजार प्रदान गर्ने जनाएको छ । प्रतियोगितामा २० लाख भन्दा बडी खर्च हुने आयोजकले जनाएको छ ।