टीकापुर हत्या काण्ड : वादी प्रतिवादीलाई भदौ २४ गते साक्षी लिएर आउन आदेश (अपडेट)

टीकापुर हत्या काण्ड : वादी प्रतिवादीलाई भदौ २४ गते साक्षी लिएर आउन आदेश (अपडेट)

धनगढी : टीकापुर हत्याकाण्ड घटनाको विषयमा बुधवार भएको पहिलो पेशीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको छ । 

हत्याकाण्डको झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रिया सुरु भएको मुद्धाको पहिलो पेशीमा न्यायधिस पर्शुराम भट्टराईको ईजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षी सहित अदालतमा उपस्थित हुन आदेश दिएको हो । 

‘न्यायधिसले भदौ २४ गते वादी प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गर्नुभएको छ । ’ अदालतका श्रेष्तेदार ईन्द्र बहादुर कठायतले भने, ‘त्यसपछि टीकापुर घटनाको मुद्धाले निन्तरता पाउछ ।’

पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो । तर, जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएर बुधवारका लागि निर्धारण गरिएको थियो । 

यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन । बुधवार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका अभियुक्तलाई अदालतमा लगिएको थियो । 

थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।

हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । 

१ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशम चौधरीको पेशी बिहीवार हुने जनाइएको छ । चौधरीको बिहीवार सर्वोच्च अदालतले पेशी तोकेको बताईएको छ ।  घटनामा सग्लन अझै २० जना फरार रहेको प्रहरीले जनाएको छ ।