ईलाइट कप फुटवल प्रतियोगिताको उपाधि युवा जनहितलाई

ईलाइट कप फुटवल प्रतियोगिताको उपाधि युवा जनहितलाई

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा भएको इलाइट कप फुटबल प्रतियोगिताको उपाधि युवा जनहित क्लबले जितेको छ । इलाइट युथ क्लवको आयोजनामा कैलारी गाउँपालिका ६ को बनकट्टा खेल मैदानमा प्रतियोगिता भईहेको प्रतियोगिताो फाईनलमा सुपर मुन अफ लेक क्लबलाई ३२ ले हराउदै युवा जनहित च्याम्पीयन भएको हो ।
 
युवा जनहितलाई च्याम्पीयन बनउनका लागि रोशन विक निराजन धामी र कुवेर सिंहले एक एक गोल गरे । सुपर मुनका लागि शिशिर मगरले दुई गोल गरे पनि टीमलाई च्याम्पीयन बनाउन सकेनन् । फाईनल खेलको म्यान अफ द म्याच युवा जनहितका कुवेर सिंह भए । उनले नगद दुई हजार प्राप्त गरे । 

ईलाईट कप फुटवल प्रतियोगिताको बिजेता बनेको युवा जनहितले नगद ७५ र उप बिजेता भएको सुमर मुनले नगद ३५ हजार पुरस्कार पाएको ईलाईट युवा क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए । यस्तै प्रतियोगिताका विभिन्न विधाहरुमापनि युवा जनहितले नै कब्जा जमाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी युुवा जनहितका सुशिल विक भए । उनले नगद ५ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक युवाजनहितकै सन्दीप कडायत र सर्वाधिक गोलकर्ता युवा जनहितकै कुवेर सिंह भए । उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे । 

विजयी खेलाडीहरुलाई शनिबार एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । गत माघ २० गतेदेखि भएको प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहेको थियो । पहिलो संस्करणको आयोजना पछि प्रतियोगितालाई निरन्तरता दिने क्लबले जनाएको छ । आगामी संस्करणमा नगद पुरस्कार बृद्धिसँगै राष्टिय खेलाडीहरुलाई पनि सहभागी बनाउने क्लबका अध्यक्ष हमालले जानकारी दिए ।