अन्तर विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगिता हुने

अन्तर विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा प्रथम अन्तर विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । खेलको विकास तथा खेलाडीको पहिचनका लागि क्रिसेन्ट सिटि स्कुल ‘प्लस टु’को आयोजनामा आईतबारदेखि धनगढी रंगशालामा प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

आइतबारदेखि शुरु हुने प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रिन्सिपल तीर्थराज फुलाराले जानकारी दिए । प्रतियोगिता विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

यस्तै, उत्कृष्ट खेलाडीलाई नगद दुई हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई एक–एक हजार नगद पुरस्कार साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको प्रदान गरिने छ ।

प्रतियोगितामा धनगढीसहित कैलालीका विभिन्न स्थानका कक्षा ९ देखि १२ मा अध्यनरत विद्यालयका २९ टिमको सहभागिता रहने छ । प्रतियोगिताको सम्पूर्ण तयारी भईसकेको आयोजकले जानकारी दिएको छ । एन्फाको नियमानुसार नकआउट चरणमा खेल खेलाईने आयोजकको भनाई छ । आयोजकले सोही अनुसार खेल तालिका पनि सार्वजनिक गर्ने जनाएको छ ।