तेस्रो संस्करणको रग्बी लिग फागुन २९ बाट

तेस्रो संस्करणको रग्बी लिग फागुन २९ बाट

काठमाडौंको दशरथ रंगशालामा आइतबारबाट तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग आयोजना हुँदैछ। सदाझैं नेपाल रग्बी संघले चार टिमलाई सहभागी गराउने भएको छ।

नगद पुरस्कारको व्यवस्था नभएको लिग आगामि माघ २९ देखि फागुन छ गतेसम्म आयोजना हुने आयोजले जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुने क्लबहरुले काठमाडौंमा उचित मैदान नभएको कारण अभ्यासमा समस्या भएको जानकारी दिएका छन्।

यसअघि सल्लाघारीको आर्मी स्कुलको मैदानमा र मध्यपुर युवा क्लबको मैदानमा आयोजना भएको प्रतियोगिताले यो वर्ष मात्र आयोजनाको लागि दशरथ रंगशाला पाएको हो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले खेलको विकासका लागि लागिरहेको बताएका छन्। उनले भने, ‘खेलको विकासका लागि लागिरहेका छौं। जे जति माथि पुगेको छ त्यसमा सबैको योगदान रहेको छ। यो विस्तार गर्ने सोचाइ बनाउँदा गर्दा धेरै माथि पुगेका छैनौँ। अहिले १५ एसको खेलको निम्ती त्यो खालको जनशक्ति विस्तारको निम्ती पूर्वाधार पनि चाहिन्छ।’

यो लिगको पहिलो संस्करणमा आर्मी र दोस्रोमा गोर्खालीले उपाधि जितेको थियो। यो लिगका नगद चाहिँ टोकन मनीका रुपमा दिने गरेको महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन्।