सरकारसँग वार्ता गर्न राप्रपाले बनायो समिति

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो समिति

सरकारसँग वार्ताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन सदस्यीय वार्ता समिति गठन गरेकोको छ। वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा बनेको समितिमा निरन्जन थापा र दाजेन्द्र लिङ्देन रहेका छन्।

आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो। राप्रपा र सरकारबीच बैशाख १० गते वार्ता तय भएको छ। हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनको माग राख्दै राप्रपा आन्दोलनमा छ।