झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रियामा टीकापुर घटनाको मुद्धा, पहिलो पेशी सुरु

झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रियामा टीकापुर घटनाको मुद्धा, पहिलो पेशी सुरु

धनगढी : झण्डै तिन वर्षपछि टीकापुर घटनामा मुद्धा सुनुवाईको प्रक्रिया सुरु भएको छ । २०७२ भदौ ७ गते भएको घटनाको बुधवार पहिलो पेशी जारी छ ।

पेशीक लागि टिकापुर घटनाको आरोपमा पक्राउ कैलाली कारागारमा रहेका २४ थुनुवालाई बुधवार अदालतमा ल्याईएको श्रेष्तेदार ईन्द्र कठायतले जानकारी दिए । 

‘यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन ।’ कठायतले भने, ‘अव प्रक्रिया सुरु भएको छ । अहिले घटनाका बादी प्रतिवादीसग बुझने काम भईरहेको छ । वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्छ ।’

थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।

हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । 

१ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशम चौधरीको पेशी बिहीवार हुने जनाइएको छ । चौधरीको बिहीवार सर्वोच्च अदालतले पेशी तोकेको बताईएको छ ।