साफ यू–२० फाइनल : उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै

साफ यू–२० फाइनल : उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ ६ बजेदेखि सुरु हुनेछ ।  

हालसम्म बंगलादेशले सर्वाधिक दुईपटक यू–२० साफको उपाधि जितेको छ । उसले २०१८ र २०२१ मा उपाधि हात पारेको थियो । नेपालले भने हालसम्म यू–२० साफको उपाधि जित्न सकेको छैन । नेपाल सन् २०१८ को साफमा उपविजेता भएको थियो ।  

नेपाल यसपटक बंगलादेशलाई हराउँदै उपाधि हात पार्ने रणनीतिमा छ । तर, अपराजित बंगलादेशलाई हराउँदै नेपाललाई उपाधि जित्न सहज भने पक्कै छैन । अघिल्लो चरणमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएको थियो ।  नेपाल सो हारको बदला लिँदै बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । अघिल्लो खेलमा भारतलाई हराएकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।