गोदावरीका कराते खेलाडीहरुलाई नगद सहित सम्मानित

गोदावरीका कराते खेलाडीहरुलाई नगद सहित सम्मानित

धनगढी ।  कैलालीको गोदावरीका ३ जना कराते खेलाडी नगद सहित सम्मानित भएका छन् । गोदावरी नगरपालिका – १२ ले ३ जना कराते खेलाडीहरुलाई नदग सहित सम्मानित गरेको हो ।

मंगलबार वडामा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष भीम बहादुर खड्काले राष्ट्रियस्तरमा कराते खेलेर पदक जितेका आनन्द बिक, पुजा सुनार र बिष्णु विकलाई नगद सहित नगद सहित सम्मानित गरेका थिए ।

वडाले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा करातेमा स्वर्ण पदक जित्ने आनन्दलाई १५ हजार नगद सहित सम्मानित गरेको हो भने १२ औं राष्ट्रपति रनिङ सिल्डमा प्रथम भएकी बिष्णु र दोस्रो भएकी पुजालाई ६र६ हजार नगद सहित सम्मानित गरेको छ ।

वडा अध्यक्ष खड्काले कराते खेलाडीले वडालाई चिनाउन खेलेको भूमिकाको सम्मान गर्दै नगद सहित सम्मानित गरिएको बताए ।