गोरखा इको कम्पनीबारे जानकारी दिइयो

गोरखा इको कम्पनीबारे जानकारी दिइयो

कैलालीको धनगढीमा गोरखा इको कम्पनीबारे ईन्जिनियरलाई जानकारी दिईएको छ । नेपाल इन्जिनियर संघ सुदूरपश्चिम प्रदेश कमिटिको आयोजनामा भएको कार्यक्रममा इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीबारे जानकारी दिएका थिए ।

उनले कम्पनीले पाँच प्रकारका सामग्री उत्पादन गर्दै आएको जानकारी दिए । कम्पनी सन २०१४ मा सञ्चालन भएको थियो । कम्पनिले देशभरीका अधिकांस ठाउँमा आफना उत्पादनहरु विक्री वितरण तथा घर/भवन निर्माण गरिरहेको छ ।

कम्पनिले उत्पादन गरिरहेको सामाग्रीबाट बनेको भवनहरु कम लागत र समयमा बन्ने र भुकम्प प्रतिरोधात्मक, ध्वनी, अग्नी प्रतिरोधात्मक र छिटो छरितो काम गर्न सकिने ईन्जिनियर दुवालले जानकारी दिए ।