जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाईते

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाईते

 बझाङखप्तड छान्ना गाँउपालिका वडा नम्बर ४ बाट जयपृथ्वी नगरपालिका सुबेडा तर्फ जन्ती लिएर आउदै गरेको से १ ज ७१८ नम्बरको जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

खप्तड छान्ना गाँउपालिका वडा नम्बर २ को बाँसपाटामा दुर्घटनामा परि खप्तड छान्ना गाँउापलिका वडा नम्बर ४ का ६० बर्षिया बासुदेब जोशिको घटना स्थालमा नै मृत्यु भएको स्थानीय बासिन्दा केशब राज जोशिले बताए ।

दुर्घटनामा परि चालक सहित ७ जना घाईते भएका छन् । पानि परेका कारण बाटो चिप्लो भएर गाडीले सिलीप खाँदा जीप दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल स्थानीयले उद्धार गरेर पठाएको जोशिले बताए ।

वडा नम्बर ४ को नेटाकाँटीया बाट चैनपुर तर्फ जन्ती बोकेर आउदै गरेको जीप दुर्घटना भए पछि गाँउ नै सोकमा डुबेको छ । दुलाह बलराम जोशिको खुट्टामा सामान्य चोट लागेको बताईएको छ ।

जीप सडक बाट झण्डै १५ मिटर तल खसेको छ । दुर्घटनामा परि जन्तीमा आएका खप्तड छान्ना गाँउपालिकाका चेतराज जोशि, गोकर्ण जोशि, नरेशप्रसाद जोशि, देबराज जोशि, सुकदेब जोशि, डम्बर प्रसाद जोशि , र चालक जयराज जोशि घाईते भएका छन् । दुर्घटनामा परि दुलाह परिवार नजीकका दाई नाता पर्ने बासुदेब जोशिका मृत्यु पश्चात विवाह स्थगित भएको छ ।